२०८१ वैशाख २१ गते | 3rd of May 2024

टंक रेग्मी (महेश), एनआरएनए अमेरिकाका लागि उपाध्यक्षका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १३ गते १७:०४

टेक्सास – एनआरएनए अमेरिकाको चुनावी सरगर्मी बढेसंगै टेक्सासनिवासी टंक रेग्मी (महेश) आसन्न निर्वाचनमा आफु उपाध्यक्ष पदमा निर्वाचनमा लाग्ने बताएका छन । यसअगाडीको निर्वाचनमा पनि सदस्य पदमा निर्वाचन लडेर सम्मानजनक मत प्राप्त गरेका रेग्मी कम बोल्ने र भद्र स्वाभावका पात्रका रुपमा चिनिन्छन ।

सुखी परिवारका साथ टेक्सासको अस्टिनमा सफलतापुर्वक आफ्ना ब्यवसायहरु संचालन गरेका रेग्मी ‘तपाईंको एनआरएन : मेरो एनआरएन, हाम्रो र राम्रो एनआरएन’ को नारा लिएर उपाध्यक्ष पदमा निर्वाचनको लागि होमिएको खुल्लामन्चलाई बताए । उनी एनआरएनए अमेरिकामा बिवाद र बिरोध होईन, कमसे कम केही राम्रो गर्ने सोच लिएर अघि बढेको बताउंछन ।

रेग्मीको उम्मेद्वारीसंगै एनआरएनए अमेरिकामा अहिलेसम्म दुई जनाले ‘उपाध्यक्ष पदका लागि आधिकारिक उम्मेद्वारी’ घोषणा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *