बाल्टिमोर – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि बर्तमान उपाध्यक्ष कृष्णजिवी पन्थले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन । यसअघि सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनमा सबैभन्दा बढी मतप्राप्त गरी विजयी पन्थ ‘गतिशिल, पारदर्शिता र सक्षम एनआरएनए’ भन्ने मुल नाराका साथ आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने पन्थले बताए ।
तनहुँंमा जन्मिएका पन्थ नेपालमा रहंदा युसेफ नेपालको कार्यक्रम संयोजकको रुपमा १० बर्ष आवद्ध रहेर बालबालिकाहरुको उत्थान सेवामा तल्लीन थिए । ११ बर्ष अगाडी अमेरिका आएर बाल्टिमोरलाई कर्मथलो बनाएका पन्थ मेरिल्याण्ड राज्यमा रहेको हिन्दु बुद्ध मन्दिर र बाल्टिमोर नेपाली समाजको ट्रस्टी रहेका छन । अमेरिकी नेपाली समाजका हिरो एचबी भन्डारीको निर्वाचन अभियानमा रातदिन खटेर लागेका उनी एनआरएनए अमेरिकाको वर्तमान कार्यमितिमा परिवर्तनका मुद्धाहरु प्रष्ट रुपमा राख्ने पदाधिकारीमा पर्दछन ।
कोरोना कहरमा मेरिल्यान्ड राज्यमा रहेको नेपाली समुदाय, समस्यामा परेका बिद्धार्थी र परिवार लगायत अमेरिकाका बिभिन्न राज्यहरुमा दिलोज्यान लगाएर सेवामा खटेका पन्थ एनआरएनए अमेरिकालाई पारदर्शी, सेवामुखी, सक्षम र परिवर्तनमुलक संस्था बनाउने मुद्दामा कार्यसमितिमा एक्लै पनि भिडेका उदाहरणहरु छन । ग्लोबल कन्भेन्शनमा भाग लिने प्रतिनिधी बिषय होस् वा अमेरिकाज क्षेत्रमा आरसी राख्ने या नराख्ने भन्ने बिषयमा डटेर लागेका पन्थ सदस्यता वितरणको माहौल सिर्जना ताका एनआरएनए अमेरिकाको लागि सभापतीका सम्भावित अध्यक्षका उम्मेद्वार थिए ।
एनआरएनए अमेरिकाको निर्वाचनमा तीन जनाको नाम बजारमा निस्किएपछी अमेरिकाले नेपाली सबैभन्दा बढी मत दिएर गत निर्वाचनमा जिताएको जिम्मेवारीलाई आत्मसाथ गर्दै सबैको सल्लाहनुसार आगामी २०२१ – २०२३ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा सेवाको कर्तव्य सम्झेर निर्वाचनमा लाग्ने खुल्लामन्चलाई बताए ।