२०८२ फागुन ९ गते | 21st of February 2026

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा कवि मनोज विश्वकर्मा प्रथम

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १४ गते १६:४६

टेक्सास –  हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम हुनु भएको छ । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गर्नु भएको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ ।

प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको र ती कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो । सो प्रतियोगिताको लागि डा. रामप्रसाद ज्ञवाली, स्नेह सायमि र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो ।

उत्कृष्ट २५ कविमा श्री मनोज विश्वकर्मा, श्री जितेन्द्र बस्नेत, श्री संगीता पोखरेल, श्री पिटर कुवर, श्री प्रकाश आचार्य, श्री जीवन आरोही, सानु खनाल श्री दिलीप कुवर, श्री जनक रसिक, श्री दीप पाण्डे, श्री प्रज्वल अधिकारी, श्री निरज दहाल, श्री टीएन भट्ट “विश्वामित्र”, श्री रमा अधिकारी कादम्बरी, श्री सुरज पराजुली, श्री सुष्मा तिमल्सिना, श्री सन्तोष लामिछाने, श्री दिपेन्द्र अरुण, श्री केशवराज ज्ञवाली, श्री मोहित जोशी, श्री सोमनाथ दहाल, श्री नवराज अधिकारी, श्री नारायण अधिकारी, श्री सुवास शर्मा र श्री भीष्मप्रसाद भट्टराई रहेको छ ।

काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने छ ।यसैगरी एक हजार अमेरिकी डलर राशीको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको लागि अन्तिम मिति २०७७ फागुन १५ गतेसम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *