२०८१ वैशाख २१ गते | 3rd of May 2024

बहुचर्चित २०९३ छानबिनको प्रतिवेदन आरसी त्रिपाठीले बुझाए आईसीसीमा, आईसीसीको बैठक बस्दै

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १५ गते ६:५५

अमेरिका – करिब २१ हजार सदस्य बनाएर सबैभन्दा ठुलो एनसिसी बनेको एनआरएनए अमेरिकाको सदस्यता भेरीफिकेशन समितीले आफ्नो काम सकेर अधिकारिक सुचीको प्रतिवेदन बुझाउनै लाग्दा अमेरिकी नेपाली समुदायमा अहिले आसन्न निर्वाचन, आकांक्षी उम्मेद्वारहरु र चुनावी समुहरुको आन्तरिक तयारी शुरु भएको छ । सामाजिक संजाल उम्मेद्वारहरुका रंगीन तस्वीरले रंगिन थालेका छन ।

एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक त्रिपाठीद्दारा प्रेषित वक्तव्य :

तर दुई बर्ष अगाडि सम्पन्न एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिको निर्वाचन बखतदेखी विवादित भनिएको बहुचर्चित २०९३ सदस्य संख्या भने चाहेर या नचाहेर पनि अमेरिकी नेपाली समुदायमा समाचारको बिषय बनिरह्यो । बिवादित २०९३ सदस्य संख्या अधिकारिक हो वा होईन, त्यो गर्भकै बिषयमा रहेर हुर्किरह्यो । अमेरिकाज क्षेत्रीय संयोजक पदमा राजन त्रिपाठी निर्वाचित भएर आएपछी एनआरएनए आईसिसीले आरसी राजन त्रिपाठीकै संयोजकत्वमा कृष्ण लामिछाने, प्रकाश सापकोटा, नवराज रोस्यारा र शिवहरी नेपाल सम्मिलित पांच सदस्यीय छानबिन समिती बनायो । साथमा संचार उपसमितिमा सदस्यद्वय साबित्री सापकोटा तथा सुरेन सापकोटा रहेका थिए । यता एनआरएनए अमेरिकाको कार्यसमिती बैठकमा अमेरिकाज क्षेत्रको आरसी पद ‘अब ब्यवस्था नगर्ने’ भन्ने एजेन्डा पनि उठ्यो । तर, संयोजक त्रिपाठी ‘विवादित २०९३ सदस्यबारे’ छानबिन भईरहेको र आफ्नो समितिले काम गरिरहेको बताउंदै आए ।

खुल्लामन्चलाई प्राप्त बिशेष शुत्रको जानकारीनुसार आरसी त्रिपाठीले आफ्नो समितिको प्रतिवेदन एनआरएनए आईसिसीलाई आज बुझाएका छन । खुल्लामन्चलाई प्राप्त आरसी त्रिपाठीद्दारा जारी वक्तव्यमा फेब्रुवरी २५, २०२१ (आज) मा आफ्नो प्रतिवेदन आईसीसीलाई बुझाएको जनाईएको छ । आरसी तथा संयोजक त्रिपाठीले यस कार्यमा सघाउने सबैप्रती आभार ब्यक्त गर्दै धन्यवाद दिएका छन ।

त्यसो त, यसै बिषयलाई लिएर एनआरएनए आइसिसीको बैठक अमेरिकी समयनुसार भोली बस्दैछ । एनआरएनए अमेरिकाको सदस्यता नामावली सुची प्रकाशित हुने मितिको संघार र चुनावी सरगर्मीको सम्मुखमा आरसी त्रिपाठीको समितिले बुझाएको प्रतिवेदनबारे आईसिसीले चाल्ने कदमले एनआरएनए अमेरिकाको निर्वाचनमा असर त पार्ने होईन, त्यो हेरन भने केही समय कुर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *