२०८१ वैशाख २६ गते | 8th of May 2024

बिकास उप्रेती एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा भिड्दै : भन्छन, नयाँ पुस्ता, नयाँ सोच र नयाँ एनआरएनए’

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १५ गते ७:५१

डालस – हक्की युवा तथा सफल ब्यवसायी बिकास उप्रेतीले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । बिद्धार्थी राजनीतिबाटै क्रान्तिकारी लागिने उप्रेती लामो समयदेखी डालसलाई आफ्नो कार्यक्षेत्र बनाएर सामुदायिक सेवामा समर्पित छन ।

‘नयाँ पुस्ता, नयाँ सोच र नयाँं एनआरएनए’ भन्ने नारालाई अघि सारेर एनआरएनए अमेरिकाको निर्वाचनमा आफु होमिएको उप्रेतीले बताए । अहिले एनारएनए अमेरिकाको निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुले आफ्नो पदको घोषणा गर्ने क्रम चर्को छ । एनआरएनए अमेरिकाको निर्वाचनका लागि अध्यक्ष पदका बलिया प्रत्याशी कृष्ण लामिछनेको समुहबाट सम्भवत: उप्रेती उपाध्यक्ष पदमा निर्वाचनमा लड्नेछन । आधिकारिक रुपमा भन्न नसकिए पनि अध्यक्ष पदका प्रत्याशी लामिछानेलाई एनआरएनए आईसिसीका सचिव तथा चर्चित ब्यवसायी गौरीराज जोशीको समर्थन छ ।

तीन खेमामा देखिन लागेको एनआरएनए अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरुका आ-आफ्नै गुरुहरु हुनेछन वा भनौं अध्यक्ष पदका प्रत्याशीहरुको समुह बनाउने अर्कै समुह हुनेछ । लामिछानेलाई सचिव गौरीराज जोशीको पूर्ण समर्थन र सहयोग रहेको जनाकारहरु बताउंछन भने सोही क्षेत्रबाट उपाध्यक्ष पदमा प्रत्याशी बनेका उप्रेती सचिव जोशीमा बिजनेश पार्ट्नर हुन भने आईसिसी सल्लहकार हरिबोल भन्डारीका अति नै नजिकका विश्वाशपात्र हुन ।

युवाहरु माझ लोकप्रिय उप्रेतीलाई जनसम्पर्क समितिको समुहको पनि समर्थन रहनेछ । निर्भिक र निर्डर स्वभावका उप्रेती गतिशिल र युवामुखी एनआरएनए अमेरिका निर्माणका लागि आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *