२०८१ वैशाख २६ गते | 8th of May 2024

एनआरएनए अमेरिका महिला सचिव पदमा तारा ढकाल मरहट्टाको उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १६ गते ३:१२

आयोवा एनआरएनए अमेरिका आयोवा च्याप्टरकी अध्यक्ष तारा ढकाल मरहट्टाले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि महिला सचिव पदमा उम्मेद्वारी घोषणा गरेकी छन । एनआरएनए आयोवा च्याप्टरमा दुई बर्ष महिला संयोजक हुंदै बर्तमानमा एनआरएनए अमेरिकाको एकमात्र महिला अध्यक्षको रुपमा आयोवा च्याप्टरकी अध्यक्ष रहेकी मरहट्टा एनआरएनए मिड्वेस्टको क्षेत्रीय सचिवको रुपमा सामुदायिक सेवामा सकृय छिन् ।

आयोवालाई कर्मक्षेत्र बनाएर सफल महिला ब्यवसायीको रुपमा आफुलाई स्थापित गरेकी मरहट्टा एनआरएनए अमेरिकाको शिकागोमा सम्पन्न साधारण सभामा काखमा आफ्नो बच्चा च्यापेर साधारण सभा सम्पन्न बनाउन रातदिन खटेको चर्चा त्यसताक खुबै प्रशंशित थियो । पारिवारिक जिम्मेवारीका वावबुद महिलालाई सामाजिक सेवामा उत्रिनु सजिलो कहाँं छ र, त्यसमाथी पनि परदेशमा । तर शिक्षित मरहट्टा आफ्नो क्यारियर, परिवार, ब्यवसाय र सामुदायिक सेवालाई ब्यबस्थापन गरेर अघि बढीरहेकी छन ।

जतापनी महिला सहभागीताको नारा ओकल्ने सामुदायिक संस्थाहरुमा महिलाको उपस्थिती ज्यादै न्यून रहने गरेको छ । संस्थाले बाध्यताले खडा गर्ने महिलाको पद बाहेक महिला सहभागीता ज्यादै न्यून रहने गरेको छ । एउटा महिला एनआरएनए च्याप्टर अध्यक्षको रुपमा मरहट्टाको खटाईले एनआरएनए अमेरिकाको यात्रामा ढकाललाई रुचाउने शुभेच्छुकहरुको बलमा आफु महिला सचिव पदमा चुनाव लड्न लागेको खुल्लामन्चलाई बताईन ।

सशक्त महिला उपपस्थिती, गतिशिल समाज, संस्थागत एनआरएनए र समावेशी भूमिका आफ्नो सामाजिक कार्यको प्राथमिकतामा पर्ने बताउंछिन, मरहट्टा । आधा संसार ढाकेको महिला, तिनका समस्या र परदेशमा महिला उत्थानका लागि आफु निरन्तर लागिपर्ने प्रणका साथ एनआरएनएनए अमेरिकाको महिला सचिव पदमा उम्मेद्वारी दिएको मरहट्टाले बताईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *