टेक्सास – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि श्रद्धा अधिकारीले आफ्नो महिला सचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन ।अमेरिकामा नेपालीहरुको सबैभन्दा बढी बसोवास रहेको तथा अमेरिकी नेपाली समुदायको राजनैतीक थलो टेक्सासको डालसलाई कर्मक्षेत्र बनाएर सामुदायिक सेवामा सकृय अधिकारी यस अगाडिको एनआरएनए अमेरिकाको निर्वाचनमा समेत उम्मेद्वार थिईन । पेशाले रियल्टर रहेकी अधिकारी साहित्य, संगीत र सेवालाई निरन्तरता दिंदै डालसका हरेक सामुदायिक कृयाकलापहरुमा अगाडी पुग्ने पात्रका रुपमा चिनिन्छिन ।
अमेरिकी नेपाली समुदायको नमुना नेपाली समाज टेक्सास, त्यसमा संचालित नेपाली बिद्धालयकी शिक्षिका, एनआरएनए अमेरिका महिला शसक्तिकरण तथा सहभागीता समितिकी को-चेयर तथा बिभिन्न सामुदायिक संस्थाहरुमा रहेर नेपाली समाजको सेवामा लागिपरेकी अधिकारी एनआरएनए अमेरिकामा महिला आवाज बुलन्द गर्न आफु महिला सचिव पदमा उम्मेद्वारी दिएको खुल्लामन्चलाई बताईन ।