२०८१ वैशाख २२ गते | 4th of May 2024

प्रेम केसी, एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका लागि उपाध्यक्ष पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १६ गते १६:१४

सानफ्रान्सिस्को – एनआरएनए अमेरिकाको सदस्य संख्याले कुनै बेला दोस्रो ठुलो राज्य बनेको क्यालिफोर्निया अहिले चौथो नम्बरमा झरेको छ । सदस्य बन्न र बनाउन भन्दा राजनीतिले गांज्ने नेपाली समुदायको रोग क्यालिफोर्नियामा पनि निर्मुल भएको छैन । राज्य च्याप्टरको अध्यक्षको लागि १०औं जनाको हानथाप पर्ने क्यालिफोर्नियामा हिजोसम्म अध्यक्षका उम्मेद्वार बन्ने मान्छे पाईएको थिएन । अहिले खुलेर होईन, सामाजिक अभियान्ताहरु कोठामा बसेर समुहहरुको प्रचारमा ब्यस्त छन ।

क्यालिफोर्नियाको एनआरएनएमा काम गर्ने अठोटले सानफ्रान्सिस्कोमा बसोवास गर्ने युवा प्रेम केसीले उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । च्याप्टरमा पारदर्शिता, सेवामा प्राथमिकता र सहभागीतामा एकताको नारालाई आफुले अगिंकार गर्दै समुदायको हितका लागि काम गर्ने चाहनाले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको केसीले खुल्लामन्चलाई बताए ।

रुकुममा जन्मिएका केसी सानफ्रान्सिस्कोको पुरानो नेपाली सामुदायिक संस्था न्यान्समा रहेर समेत काम गरेका थिए । केसीजस्ता युवाहरुको बलले नेपाली समुदायिक मन्दिरको अभियानलाई उंचो बनाउंदै जग्गा खरिद गर्ने काम समेत फत्ते गरेको थियो । जन्मभुमीमा परेको बिपतमा धक फुकाएर सहयोग गर्ने केसी मिलनसार पात्रका रुपमा सान्फ्रान्सिस्कोमा परिचित छन । एनआरएनएमा युवाहरुको संलग्नताको आवश्यकता औंल्याउंदै केसी हल्लाले होइन सामुदायिक सल्लाहले परदेशमा सामाजिक उत्थानको लागी लागिपर्ने बताउंछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *