२०८१ वैशाख २२ गते | 4th of May 2024

लामिछानेले मार्च ७ आईतवार, एनआरएनए अमेरिकाको अध्यक्ष पदको उम्मेद्वारी औपचारिक घोषणा गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन १७ गते १८:०५

डालास – एनआरएनए अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका उम्मेद्वार कृष्ण लामिछानेले आफ्नो उम्मेद्वारीको औपचारिक घोषणा आगामी मार्च ७, आईतवार गर्ने भएका छन । डालासलाई कर्मक्षेत्र बनाएर लामो समयदेखी सफल ब्यवसायिक जीवनका साथ नेपाली समुदायको हितका लागि लागिपरेका लामिछानेले एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेद्वारीको औपचारिक घोषणा गर्न लागेका हुन ।

2016 W Grauwyler Rd, Irving, Texas – यस ठेगानामा लामिछानेका चुनावी अभियानका हस्तीहरु, नेपाली समुदायका अग्रजहरु, पत्रकारहरु र शुभेच्छुकहरुको उपस्थितिमा आफ्नो उम्मेद्वारी घोषणा गर्न लागेको लामिछानेले खुल्लामन्चलाई जनाए । कार्यक्रमको बिभिन्न मिडियाबाट लाईभ प्रसारण गरिने पनि लामिछानेले बताए । एनआरएनए अमेरिकाको आगामी निर्वाचनका बलिया प्रत्याशी लामिछानेले कार्यक्रममा आफ्नो उम्मेद्वारीको जानकारी र योजनाबारे बताउने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *