२०८१ वैशाख २२ गते | 4th of May 2024

क्रान्ति अर्याल भन्डारी, एनआरएनए अमेरिका महिला उपाध्यक्ष पदकी उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २० गते १७:५२

सान्फ्रान्सिस्को – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि क्रान्ति अर्याल भन्डारीले महिला उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छन । अमेरिकाको सान्फ्रान्सिस्को क्षेत्रमा सुचना प्रविधीलाई आफ्नो रोजगारी बनाएर सामाजिक हितका कार्यमा दुई दशकदेखी सकृय अर्याल एनआरएनए जस्तो छाता संगठनमा महिला उत्थान र समावेशी सहभागीताको आवाज उठाउन उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको खुल्लामन्चलाई बताईन ।

जीवनको क्यारियर बैंकिङ्ग क्षेत्रबाट शुरुवात गरेकी अर्याल एउटा ठुलो ईतिहास भएको राजनैतीक परिवारमा हुर्केर जनसेवाको अनुभव सिक्ने अवसर मिलेको बताउंछिन । गिरिजाप्रसाद कोईराला फाउन्डेशन, नेपाली महिला संजाल, जनसंपर्क समिती तथा स्थानिय सामाजिक संस्थाहरुमा सकृय अर्याल नारामा मात्र सिमित रहेको ‘महिला समावेशी र समान हक’ को नारालाई एनआरएनएनमा उठाउन लागिपर्ने खुल्लामन्चलाई बताउंछिन । अर्यालले जीवनको अनुभव, सामाजिक सकृयता र असली सामाजिक सेवाभाव प्रदर्शन गर्ने मन्च एनआरएनए रहेकोले यो महाअभियानमा आफुले पाईला सारेको जनाईन । अर्याल भन्छिन, ‘लगाव, ईमान्दारिता, जिम्मेवारी र परिणाम खोज्ने सकृयता र आत्मविश्वासका साथ एनआरएनए अमेरिकाको ठुलो प्ल्याट्फर्ममा काम गरेर देखाउनेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *