२०८१ साउन १२ गते | 27th of July 2024

मुस्कानलाई अमेरिकाको प्रतिष्ठित अवार्ड

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २१ गते १४:५७

काठमान्डौं – बिरगन्ज छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार हात पारेकी छन । काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन विश्वकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाव आक्रमण भएको थियो । तेजाव आक्रमण जस्तो जघन्य अपराध अन्त्यका लागि उनले गरेका कामको सम्मानस्वरुप उनलाई यो अवार्ड दिइएको राजदूतावासले जनाएको छ । प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा तेजाव आक्रमण गरेको थियो ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् । प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ ।

नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्न पाउँदा गर्व लागेको दूतावासले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *