२०८१ वैशाख २२ गते | 4th of May 2024

दिल लगाएर काम गर्नेछु : एनआरएनए अमेरिका उपाध्यक्ष पदका उम्मेद्वार टंक रेग्मी (महेश)

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २२ गते १६:१३

टेक्सास – एनआरएनए अमेरिकाको चुनावी सरगर्मी बढेसंगै टेक्सासनिवासी टंक रेग्मी (महेश) आसन्न निर्वाचनमा आफु उपाध्यक्ष पदमा निर्वाचनमा लाग्नुपरेको कारण ‘दिल दिएर ईमान्दारिताका साथ’ संस्थाको हितमा काम गर्न बताएका छन । कम बोल्ने र भद्र स्वाभावका रेग्मीले नेपालमा गरीब तथा असाह्य बिद्धार्थीहरुको शिक्षाको लागि लामो समयदेखी कोष संचालन गरेर सहयोग गर्दै आएका छन ।

नेपालीहरुको रोजाईको कर्मथलो अस्टिनमा सफलतापुर्वक आफ्ना ब्यवसायहरु संचालन गरेका रेग्मी ‘तपाईंको एनआरएन : मेरो एनआरएन, हाम्रो र राम्रो एनआरएन’ को नारा लिएर उपाध्यक्ष पदमा निर्वाचनको लागि होमिएका रेग्मी स्थानिय नेपाली समुदायमा निरन्तर सकृय पात्र हुन । उनी एनआरएनए अमेरिकामा बिवाद र बिरोध होईन, कमसे कम केही राम्रो गर्ने सोच लिएर अघि बढेको बताउंछन । रेग्मीले नाम कमाउन होईन, संस्थागत सेवा गर्न आफु एनआरएनए जस्तो छता संगठनमा सेवाकै लागि होमिएको खुल्लामन्चलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *