२०८१ वैशाख २२ गते | 4th of May 2024

‘रक्तदान जीवनदान’ एनआरएनएको अभियानसँग जोड्नेछु : प्रेम श्रेष्ठ, एनआरएनए अमेरिका सदस्यका प्रत्यासी

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २२ गते १७:०९

लवक – एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि बोर्ड अफ डाईरेक्टर पदका प्रत्यासी प्रेम श्रेष्ठले ‘रक्तदान जीवनदान’ कार्यक्रमलाई एनआरएनए अभियानसंग जोड्न काम गर्ने बताएका छन । गैरआवासीय नेपालीहरूको प्रतिनिधिमूलक संस्था एनआरएनए अन्तर्गतको एनआरएनए अमेरिकाको सदस्यता दर्ता तथा नविकरण अभियानको अन्तसंगै नेपाल सरकारबाट मान्यताप्राप्त एकमात्र संस्था एनआरएनएको अमेरिका समन्वय परिषदको बलियो उपस्थिती डालस राज्यमा पनि रहेको छ । लवक निवासी रक्तदान जीवनदान अभियान्ता श्रेष्ठ टेक्सास राज्यमा भएका सदस्यता दर्ता एवं नविकरणका औपचारिक एवं अनौपचारिक भेटघाट र छलफलमा सक्रिय सहभागी हुँदैआएका पात्र हुन ।

दशकलामो अमेरिका बसाईमा आफु सामाजिक सेवामा प्रत्यक्ष अप्रत्यक्ष सहभागी हुदैआएका श्रेष्ठ ब्लड डोनर्स अफ अमेरिकामा रहेर जिवनकै पुन्य कार्यको रूपमा चिनिने रक्तदान कार्यलाई नेपाली समाजमा अभियानकोरूपमा चिनाउन लामो समयदेखी सहभागी हुदै आएका छन । उनी टेक्सास राज्यको संयोजन समितिमा रहेर विगत ४ बर्षदेखी रक्तदान कार्य गर्ने गराउने काममा निरन्तर लागिरहेका छन । रक्तदानको महाअभियानलाई एनआरएनए जस्तो संस्थासँग जोड्न एवम सामाजिक सेवाको लागी एनआरएनए उपयुक्त एवं प्रभावकारी संस्था रहेकोले प्रत्यक्ष सहभागी रहेर काम गर्ने चाहनाले आफु एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा निर्वाचन लड लागेको खुल्लामन्चलाई बताए । श्रेष्ठ भन्छन, ‘हामी सवैको परिचयसंग जोडिएको एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा वोर्डअफ डाईरेक्टरको भूमिकामा रहेर दिलोज्यान दिएर काम गर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *