२०८१ चैत १२ गते | 26th of March 2025

सर्वोच्चले ब्युताइदियो नेकपा एमाले र माओवादी केन्द्रलाई

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २३ गते १२:१३

काठमाडौ-  सर्वोच्च अदालतले  नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको छ।  ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको  नेकपा खारेज पनि गरेको छ।

‘नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति २०७५र०२र२३को निर्णय र निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५र०७र०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ६९१० ९ङ० र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ। नेकपाको एकीकरण खारेज गरेर नेकपा (एमाले) र माओवादी केन्द्रलाई पूर्ववत: रूपमा ब्युताइदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *