२०८१ साउन १२ गते | 27th of July 2024

खुल्लामन्च बिश्लेषण : मुलुक अब चुनाबी बाटोमा, जुन ओलीले चाहेका छन

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २४ गते १६:०५

काठमान्डौं – प्रतिनिधीसभा बिघटनको  सिफारिस  गरी नयाँ निर्वाचनको  मिति घोषणा गरी अघि बढेका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्बोच्च अदालतको  फैसलाले  केही कमजोर  बनाए पनि अदालतमा रहेको नेकपा नामको  दलसम्वन्धी मुद्दामा फागुन २३ गतेको  सर्बोच्चको  फैसलाले  राजनिित बिशेष गरी नेपाल कम्युनिष्ट पार्टीमा थप  तरंग ल्याइदिएको  छ  ।  दलभित्रै असहयोग भयो  भन्दै प्रतिनिधीसभा बिघटन गरी निर्वाचनमा जानुपरेको  दलिल प्रस्तुत गर्दे आएका ओलीले  सर्बोच्च अदालतको  फैसला पछि दिएका अनर्तवार्ता र  उनका विभिन्न अभिव्यक्तिहरुमा हेर्दे जानुहोला म के  गर्छू भनी भनने  गरेका थिए । धेरैले  उनले  संकटकाल  घोषणा गर्ने समेत अनुमान गरेका थिए तर  स्वयंम ओलीले  भने  यसलाई अस्विकार  गर्दे आफुसँग असन्तुष्टहरु विशेषगरी माधव  नेपाल र  झलनाथका समुह आफै सँग फर्कने  दावी गर्दे आएका थिए  ।

नेपाली राजनीतिमा चार्तूय शैलीमा अघि बढेका आलीलाई लिएर  उनी सँग विगतमा निकट रहेकाहरुले  उनको  बिशेषता वर्णन गरेको  पनि पाईन्छ  जसमा उनलाई खुराफाती सँगै चार्तुय गुणयूक्त भनी चर्चा गरिएको  पाईन्छ  ।  कुटिल शैलीका ओलीका कदम र  उनको  खुराफाती पछिल्लो  समय सफल पनि हुदै गैरहेको  छ  ।  तत्कालिन अवस्थामा राजनितीक स्थायीत्वको  नारा लिएर  ३ वर्ष अघि एमाले  र  माओवादी केन्द्रको  गठबन्धन बनाउन सफल भएका ओलीलाई यहि गठबन्धनले  सत्तामा समेत पुरायायो  । तर  एकताका क्रममा प्रचण्ड सँग गरेका सहमतिहरुको  कार्यन्वयन गर्न भने  उनी पछि हटे  फलस्वरुप पार्टी भित्र असन्तुष्टि बढदै गयो  यसैको  प्रतिक्रिया हो  २ वर्षको  अबधि बाँकी रहदै प्रतिनिधीसभाको  बिघटनको  निर्णय  ।

बिशेष गरी पुर्व एमाले  समेतको  समुह निर्माण गरी अघि बढेका प्रचण्ड र  उनका पछि लागेका माधव  नेपाल  र  झलनाथ खनाल सहितका नेताहरुलाई फागुन २३ को  सर्बोच्चको  निर्णयले   केपीनयाँ परिस्थिती सृजना गरिदिएको  छ ।  नेकपामा आआफनै दावी गर्दे गर्दे आएका ओली र  प्रचण्ड नेपाल समुहलाई नेकपा दलनै अर्को व्यक्तिको  नाममा सर्वोच्चले  फैसला सुनाए पछि पार्टी भित्र अर्को संकट निम्त्याईदिएको  छ  ।  यो  निर्णयले   केपी ओलीको  कुटिलतालाई थप  सतहमा ल्याइदिएको  छ ।  निर्णय पछि असन्तुष्ट पुर्व एमालेहरु एमालेमा फर्किएर  ओली सँग लडने निर्णयमा पुगेका छन भने  प्रचण्ड माओवादी केन्द्र ब्युत्याउने  निर्णयमा पुगेका छन ।

यि घटनाक्रमले  अवको  राजनीति कता जाला सबैमा जिज्ञाशा उठनु स्वभाविकै हो  ।  आफु प्रधानमन्त्री भएको  पार्टी गुमे पनि निर्णय  प्रति सबैभन्दा खुसी ओली र  उनका समर्थक भएका छन  ।  अदालतलाई ओलीले  प्रभावित पारे  पनि नपारेपनि उनले  लिएको  चुनाबी बाटो  भने  सफल हुने  देखिन्छ  ।  अबको  बाटो  भनेको  ओलीले संसदवाट बिश्वासको  मत लिएर  सरकार  संचालनलाई निरन्तरता दिने  ,  अरुलाई सरकारको  नेतृत्व लिन बाटो  खुल्ला गर्ने वा नयाँ जनादेशका लागि निर्वाचनमा जाने  । यि बिकल्प मध्ये  निर्वाचनमै जानु अवको  अन्तिम बिकल्प देखिन्छ  जुन ओलीले  चाहेका पनि छन  ।  यसका लागि दलहरुमा सहमति जुटन नसेका खिलराज रेग्मी जसै गरि  चुनाबी सरकारको  नेतृत्व गर्न आईपुग्ने  छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *