२०८१ वैशाख २२ गते | 4th of May 2024

एनआरएनए अमेरिका अध्यक्षमा तिलक केसीको उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २४ गते १६:२८

शिकागो – एनआरएनए अमेरिकाको अध्यक्षमा तिलक केसीले उम्मेदवारी दिनुभएको छ । विस्कन्सनमा रहेर ब्यवसायमा सकृय केसीले शनिबार सांझ एक अनलाईन पत्रकार सम्मेलन तथा घोषणा सभा कार्यक्रम मार्फत औपचारीक घोषणा गर्नुभएको हो । ‘सिन्डीकेट तोडौं नेपाली जोडौं’ भन्ने मुल नाराका साथ चुनावमा होमीएका केसीले एआरएन अमेरिकामा सबैको पंहुच लैजाने बताएका छन् ।

अहिलेको चुनावबाटै एक डेभाईस एक भोट, फेस रिडिगं सिस्टम, चुनाव प्रकृया देखी घोषणासम्म प्रत्येक अध्यक्षका उम्मेदवारका प्रतिनिधीको रोहवरमा हुनु पर्ने जस्ता माग सहित केसी मैदानमा आएका छन् । घोषणा कार्यक्रममा पुर्व अध्यक्ष शिव राई, एनआरएन अभियान्तहरु सन्जय थापा, नारायण कडेंल, टेक गुरुग लगायतले केसीलाई शुभकामना दिएका थिए ।

एनआरएनए अमेरिकाका वर्तमान बोर्ड सदस्य केसी नेपालको त्रिवि क्याम्पसको स्ववीयु सचिव, प्राध्यापक, मानवअधिकारकर्मी हुंदै अमेरिकामा पनि बिभिन्न सामाजिक संस्था सकृय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *