२०८१ साउन १२ गते | 27th of July 2024

सत्तासमिकरणका लागि दलहरुको छलफल तिब्र

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २५ गते १४:५०

काठमाडौं –  सर्बोच्च अदालतको पछिल्लो फैसलाले सत्तारुढ दल पुर्ववत अवस्थामै पुगेपछि अबको सत्तासमिकरणलाई लिएर एमाले, काँग्रेस, माओवादी केन्द्र, जसपा लगाएतका दलहरु छलफलमा जुटेका छन । वर्तमान प्रधानमन्त्री केपी ओलीले अव संसदको बिश्वास लिनुपर्ने भएकाले माओवादी केन्द्र ,काँग्रेस वा जसपाको समर्थन लिनुपर्ने भएकाले स्वंयम ओलीले यसमा अग्रसरता लिएका छन । यसैक्रममा  नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ । दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ ।

यसअघि २३ फागुनको विहान जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसपछि दुई पार्टीले वार्ता टोली बनाएको जसपा स्रोतले बताएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि आजै भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड  उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।यसअघि  नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने  निर्णय गरेको थियो   ।मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *