२०८१ वैशाख २२ गते | 4th of May 2024

बिनय पोखरेल ‘बब’, एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २५ गते १६:२३

सानफ्रान्सिस्को – एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदका लागि सान्फ्रान्सिस्को निवासी बिनय पोखरेल ‘बब’ ले उम्मेद्वारी दिएका छन । लामो समयदेखी बे-एरियामा बसोबास गर्दै आएका पोखरेल युवाहरुका माझ ‘बब’ नामले परिचित छन । आफ्नै ब्यवसायमा ब्यस्त पोखरेल युवा जोशका साथ युवाहरु सम्मिलित एनआरएनए निर्माणका लागि एनआरएनए क्यालिफोर्नियाको अध्यक्ष पदका लागि होमिएको खुल्लामन्चलाई बताए ।

युवा आवाज, युवा अभियान – सहभागितामुलक साझा एनआरएन भन्ने अभियानका साथ निर्वाचनमा लगिपरेका पोखरेल आगामी दुई बर्ष आफुले केबल एनआरएनएका लागि मात्र काम गर्ने बताउंछन । एनआरएनएलाई समुदायको हितमा सामेल गर्नाका लागि युवा जुट्नै पर्ने बताउने पोखरेल बे एरियामा आफुले गरेका सामाजिक काम, सकृयता र अग्रजहरुको साथलाई बल सम्झिएर अगाडी बढ्ने बताउंछन । युवा पंक्तिलाई ‘वान मेन आर्मी’ को उपमा दिने पोखरेल आफुले निर्वाचन जिते क्यालिफोर्नियामा असली सदस्यता संख्या बढाउन लागिपर्ने बताउंछन ।

सानफ्रान्सिस्कोमा नेपाली सामुदायिक केन्द्र स्थापनाका लागि आवाज उठाउंदै अग्रभागमा खटेका पोखरेल नाराभन्दा पनि सामुदायिक साहाराले संस्था बलियो बनाउन टेवा पुग्ने बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *