२०८१ वैशाख २१ गते | 3rd of May 2024

बि आर लामा, एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २५ गते १७:०१

न्यूयोर्क – एनआरएनए अमेरिकाको निर्वाचनको रौनकता बढेसंगै आसन्न निर्वाचनका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ । एनआरएनए अमेरिकामा निरन्तर लागेका एक योद्धा न्यूयोर्क निवासी बिआर लामाले आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्ने खुलामन्चलाई बताए । सन् २००७ मा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचन तयारी समिति सदस्य देखि महासचिव रहेर काम गरेका लामा हठी स्वभावका अभियान्ताका रुपमा परिचित छन ।

एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. केशब पौडेलका अत्यन्तै विश्वासपात्र लामा डा. पौडेलकै आग्रहका कारण गत निर्वाचनमा उपाध्यक्ष पदमा रहेका थिए । अमेरिका आएदेखि नै प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को बिकास, समावेशी र गतिशीलताको लागि अनवरत रुपमा कार्य गर्दै लामा क्रमिक रुपमा एनआरएनए अमेरिकाको भर्याङ्ग चढ्दै जाने नेता हुन । गैर आवासीय नेपाली संघ, रास्ट्रीय समन्वय परिषद अमेरिकाको हाल सम्म सन् २०१३ देखि २०१४ सम्म सल्लाहकार, २०१४ देखि २०१५ सम्म सार्वजनिक स्वास्थ्य समितिको सदस्य, २०१५ देखि २०१७ सम्म सल्लाहकार, २०१७ देखि २०१९ सम्म महासचिव र २०१९ देखि हालसम्म एनआरएनए अभियानमा छन ।

एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष लामा सन् २०१० मा संयुक्त-राज्य अमेरिकाको ह्युस्टन टेक्सासमा भएको गैर आवासीय नेपाली संघको चौथो क्षेत्रीय सम्मेलन मा साधारण सहभागीको रुपमा भाग लिएको र सन् २०१६ मा न्यूजर्सिको नवौ क्षेत्रीय सम्मेलनमा आफु कुनै कार्यकारी पदमा नरहदा पनि सक्रिय सहभागी भै उक्त सम्मेलन सफल बनाउन योगदान पुर्याएको र त्यसैगरि गैर आवासीय नेपाली संघको बिगतको नौ वटा साधारण सभाहरुमा आठवटा साधारण सभामा सहभागी भै प्रत्यक्ष वा परोक्ष रुपमा कार्यरत छन ।

एनआरएनए अमेरिकाको महासचिव रहंदा संस्थामा पहिलो पटक डिजिटल प्रविधिको प्रयोग गरि क्लाउड्मा संस्थाको अभिलेख राख्ने थालनी गरेको, संस्थाले गरेको निर्णयको ओरिजिनल निर्णय पुस्तिका जस्ताको तस्तै सदस्यहरुमा सार्वजनिक गर्ने थालनी गरेको, संस्था बिधिसम्मत चल्नुपर्छ भन्ने मान्यताका साथ् विधानलाई अक्षरस पालन गर्ने गराउने गरेको, संस्थाको कोष कहाँ के का लागि खर्च भएको छ भन्ने पार्दर्सिताको लागि खर्च भएका रकमहरुको बिस्तृत जानकारी बैठकको निर्णय पुस्तिकामा नै संलग्न राखी सार्वजनिक गरिएको, संस्थालाई अनुशासित र प्रभावकारी बनाउनको लागि चेन अफ कमाण्ड लाई कडाईका साथ् लागु गरि पालन गर्ने गराउने गरेको, संस्थालाई उत्पादन मुलक बनाई सदस्य एवं सस्थाको लाभमा क्रियासिल बनाउने उद्देश्यले विभिन्न समितिहरु एवं कार्यदलका संयोजकहरु संग समय समयमा बैठकको आयोजन गरि सम्बन्धित समिति तथा कार्यदलको प्रगति विवरण संकलन गरि दस्तावेजको रुपमा सदस्यहरु माझ साझा गरिएको, संस्थालाई लक्ष निर्देशित बनाउने उद्देश्यले संस्थाको अध्यक्षले निर्वाचनको समयमा उद्घोष गरेका प्रतिबद्धताहरुलाई कार्य-योजना र कार्य-तालिकाको दस्ताबेज सहित सो लागु गर्न गराउन नियमनको व्यवस्था गरिएको, सदस्यता बितरण प्रणालीमा छिद्र रहेको भन्ने ब्यापक जनगुनासोलाई सम्बोधन गर्नको लागि प्रणालीमा देखिएको छिद्रहरूको व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरि सम्भव भए सम्मको व्यवस्थापन गरिएको संयुक्त राज्य अमेरिकामा हामी नेपालीहरुको पहिचान गराउन र संस्थालाई भौतिक रुपमा समेत स्थापित गर्ने उद्देस्यले नेपाल घरको अवधारण अगाडि बढाईएको जस्ता कार्यक्रमहरुमा लामाको अहम भूमिका रहेको छ ।

एनआरएनए अमेरिकाको उपाध्यक्ष रहेर लामाले महासचिव हुंदाको बखतमा अगाडि सरेको नेपाल घरको अवधारणालाई मूर्तरूप दिने उद्देस्यले तत्कालिन उत्तर-पुर्बी क्षेत्रीय समितिको सभापतिको हैसियतले उत्तर-पुर्बी क्षेत्रीय समितिको आयोजनामा न्यूयोर्क च्याप्टरको बिशेष सहयोगमा भवन निर्माणार्थ कोष संकलन कार्यक्रमको आयोजना गरि १ लाख २० हजार अमेरिकी डलर संकलन गर्न सफल भएको, यद्यपि कोविड महामारीको कारण सो कार्य अरु अगाडि भने बढाउन भने नसकिएको बताए । तत्कालिन विधानले व्यवस्था गरे बमोजिम आफ्नो क्षेत्रमा रहेको च्याप्टरहरु संघ नियमित बैठक गरि च्याप्टर हरुको समस्याको सुनुवाई गरेको र च्यप्टरहरुलाई स्थानीय तवरमा संस्थाको DBA को रुपमा दर्ता गराउन प्रोत्साहन गरि दर्ता गराउन समेत सहयोग गरेको लामाले खुल्लामन्चलाई बताए । कोविड्को शुरुवाती कालमा च्याप्टरहरुलाई आवश्यक पर्ने सहयोगको लागि उचित व्यवस्थापन, संस्थाको बिधानले प्रदत्त गरे बमोजिम संस्थाको अध्यक्षको सहयोगीको भूमिका निर्वाह गर्दै, महासचिव र कोषाध्यक्षलाई आवश्यक सहयोग र परामर्श एवम संस्थालाई अझ बढी प्रभावकारी र उत्पादनमुलक बनाउने उद्देस्यले तत्कालिन विधानमा रहेको असन्तुलित कार्य-विभाजनलाई विभागीय संरचनामा परिणत गरि भार सन्तुलनको व्यवस्थापन गरेको जसले गर्दा निश्चय पनि भविस्यमा संस्थाको कार्य क्षमता र गतिशीलतामा उन्नत हुने कुरामा आफुले दिलोज्यान लगाएर काम गरेको बताउंछन ।

वरिष्ठ  उपाध्यक्षमा निर्वाचित भएमा लामाले संस्थामा निर्वाचित अध्यक्षको घोषणा पत्र अनुसार नै कार्यक्रमको तर्जुमा तथा कार्य योजना बन्ने हुँदा अरु पदका पदाधिकारीहरुको खासै केहि योजना एवम नीति प्राथमिकतामा नहुने भएपनी आफ्नो तर्फबाट आफ्नै सकृयतामा केहि संस्थालाई दिर्घकालिन लाभप्रद हुने बिषय भने जुन सुकै अध्यक्ष जितेर आए पनि थप्न सकिने हुनाले आफ्ना योजनाहरु छिट्टै सार्वजानिक गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *