२०८१ वैशाख २२ गते | 4th of May 2024

‘कसैको ब्रिफकेश नबोकी मेरा आगामी दुई बर्ष एनआरएनएको लागि’, कृष्ण लामिछाने : एनआरएनए अमेरिका अध्यक्ष पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २५ गते १७:१६

टेक्सास – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी नेतृत्वका लागि हुने निर्वाचनमा कृष्ण लामिछानेले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकाछन् । नेपाली समाज टेक्सस, नेपाली जनसम्पर्क समिति अमेरिका, ड्यालस एभरेष्ट लायन्स क्लब लगायत महत्वपूर्ण संस्थामा रहेर नेतृत्व गरिसकेका लामिछानेले आइतबार एक कार्यक्रमबीच एनआरएनएलाई ‘मर्दा र पर्दाको साथी’ बनाउने योजनाका साथ आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा लामिछानेले भने , ‘च्याप्टरहरुलाई शक्तिशाली बनाउने, महिला र युवाहरुको सकृयता बढाउने, स्थायी सचिवालयको व्यबस्था गर्ने, सहमति र सहकार्यका आधारमा अघि बढ्ने मेरो प्रमुख एजेण्डा हो ।’ अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि आइपर्ने सबै खालका कामहरुमा म पछि हट्नेछैन’ उनले भने । उनले आफू विजयी भएमा दुई वर्षको अवधि पुरै संस्थाका लागि छुट्याएको पनि घोषणा गरे ।

‘मैले आउँदो दुई वर्ष एनआरएनएका लागि छुट्याइसकेको छु’ उनले भने–‘तर व्रिफकेश बोकेर भने हिँड्दिन ।’ पछिल्लो  समयमा नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरु बढ्दै गएको र त्यसको समाधानका लागि एनआरएनको तर्फबाट परामर्श सेवा लगायतका कार्यक्रमहरु अघि बढाउन जरुरी रहेको, दोहोरो नागरिकता र कर सहितका मुद्धामा एनआरएन आइसिसीसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए ।May be an image of Krishna Lamichhane, standing and text

सो कार्यक्रममा लामिछानेको उम्मेदवारी प्रति डा. मुरली अधिकारी, डा. प्रेम अधिकारी, विजयराज भट्टराई, रामकुमार सुवेदी, स्वराज खाती, बिष्णु सुबेदी, वेदराज बस्नेत, हरिबोल भण्डारी, होम गौतम, उमा कार्की थापा, श्रद्धा अधिकारी, सुनिता कँडेल, जेनी पाठक, अमृत सापकोटा, ओजेश उप्रेती, सुन्दर कर्माचार्य, माला महत लगायत दुई दर्जनले लामिछानेलाई सहयोग गर्ने प्रतिवद्दता समेत जाहेर गरे । संसारका ८० भन्दा बढी देशहरुमा कृयाशील एनआरएनको राष्ट्रिय समितिहरु मध्य सदस्य संख्याका आधारमा एनआरएन अमेरिका सबैभन्दा ठूलो संस्था हो । एनआरएनए अमेरिकामा झण्डै २१ हजार सदस्यहरु छन् ।

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि लामिछाने समेत चार जना आकांक्षीहरु देखिएका छन् । यस अघिनै तिलक केसी र बुद्धि सुवेदीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनए अमेरिकाका वर्तमान वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे पनि आकांक्षीका रुपमा चर्चामा छन् । उनले सामाजीक सञ्जालहरु मार्फत उम्मेदवारी दिने संकेत गरेका छन् । तर औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ । गोरखामा जन्मिएका कृष्ण लामिछाने लामो समयदेखी डालसलाई कर्मक्षेत्र बनाएर सामुदायिक सेवामा लागिपरेका पात्र हुन । ठमेलका पुर्व पर्यटन व्यवसायी, डालसमा ग्यांस स्टेशन, ब्युटी शैलुन, रेस्टुरेन्ट र अन्य व्यवसायमा आबद्ध सफल व्यवसायी लामिछाने अमेरिकामा सबैभन्दा धेरै नेपाली बसोवास गर्ने टेक्सास नेपाली समाजका अध्यक्ष रहिसकेका छन । नेपाली कांग्रेसको प्रवासी संस्था नेपाली जनसम्पर्क समिती, अमेरिकाका संस्थापक महासचिव समेत रहेका लामिछाने सम्भावित विजेताका रुपमा चिनिन्छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *