२०८१ वैशाख २३ गते | 5th of May 2024

गोल्छाले महासंघको नेतृत्व समालेको १ सय दिन, राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने गरि भिजन पेपर बनाईदै

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २६ गते १४:५५

काठमाडौँ-  नेपाली उधोगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासङ्घले आफूले गरेको काम र आगामी कार्ययोजना सार्वजनिक गरेको छ । शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको सय दिनको अवसरमा महासङ्घले त्यस अवधिमा गरेका काम र आउने दिनमा गर्ने सम्भावित कार्यको कार्ययोजना सार्वजनिक गरेको हो ।


नयाँ नेतृत्वका लागि निर्वाचनकै क्रममा मुलुकको आर्थिक रूपान्तरणको मार्गचित्र बनाउने र त्यसकै आधारमा अगाडि बढ्ने बताएको गोल्छा नेतृत्वको वर्तमान कार्यकारिणी समितिले विस्तृत मार्गचित्र सार्वजनिक नगरे पनि त्यसको स्पष्ट खाका भने सार्वजनिक गरेको छ । मुलुकको समग्र अर्थतन्त्रको आकार, त्यसका लागि अङ्गीकार गरिनुपर्ने योजना, निजी क्षेत्रको भूमिका, लगानी कृषिको आधुनिकीकरणलगायतका बृहत् क्षेत्रलाई यो मार्गचित्र (भिजन पेपर)मा समेटिएको महासङ्घ अध्यक्ष गोल्छा बताउनुहुन्छ ।
“निश्चित योजना र लक्ष्य निर्धारण गरेर देखिने गरी भूमिका निर्वाह गर्ने र राष्ट्रिय अर्थतन्त्रको मजबुतीकरणमा हाम्रो पनि योगदान हुनुपर्छ भनेर भिजन पेपर बनाउने भएका हौँ”, उहाँले भन्नुभयो, “यसबाहेक हामो सङ्गठन सुदृढीकरण, सचिवालय व्यवस्थापन जस्ता गतिविधिलाई पनि हामीले प्रमुखताका साथ कार्यान्वयन गर्दैछौँ । ”

महासङ्घको पेचिलो विषय बन्दै गएको विधान संशोधनको विषयलाई वर्तमान कार्यसमितिले भविष्यमा समेत विवाद नहुने तरिकाले निरूपण गर्न खोजेको छ । अध्यक्षमा हुने गुटगत राजनीतिको अन्त्यका लागि भन्दै व्यवस्था गरिएको महासङ्घको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने प्रावधानलाई निरन्तरता दिने वा नदिने विषयलाई निष्कर्षमा पु¥याउन पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा कमिटी बनाइएको छ । महासङ्घको पूर्वाधार एवं सचिवालय सुदृढीकरण गर्न नयाँ अत्याधुनिक भवन नै बनाउने कामको थालनी पनि भइसकेको गोल्छा बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *