२०८१ साउन १२ गते | 27th of July 2024

सैनिक दिवसमा सेनाले टुँडिखेलमा बनायो कैलाश पर्वत

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २७ गते १२:३३

काठमाडौँ – नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ ।  सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गर्नुभयो । समारोहमा उहाँलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उहाँले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं अन्य उच्चपदस्थ विशिष्ट व्यक्तिको सहभागिता थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो । सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको थियो । सैनिक कलाकारले देशभक्तिपूर्ण गीतमा नृत्य, साङ्गीतिक धून तथा शिवताण्डव नृत्य प्रस्तुत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *