डोल्मा लामा, लस एन्जलस ।
लसएन्जल्समा सोनाम ल्होछार भव्य रुपमा सम्पन्न क्यालिफोर्निया लसएन्जल्स बस्दै आएका तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष सोनाम ल्होछार भब्यरुपमा मनाएका छन् ।
सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ ,परम्परागत कला सस्कृतिको सम्बर्दन गरौ “भन्ने मुख्य उध्येश्यका साथ तामाङ समुदायको नयाँ वर्ष (चरा वर्ग )”ज्या ल्हो” को अवसरमा यस कार्यक्रममा समस्त संसारभरि छरिएर रहनुभएका सम्पुर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र उन्नति-प्रगतिको शुभकामना आदानप्रदान गर्ने तथा यस सोसाईटी आफ्नो कला, संस्कृति र भाषा संरक्षण तथा सम्वर्दन गर्ने उध्येश्यका साथ एकजुट हुदै समाजमा सास्कृतिक परम्परा, रितिरिवाजको विकास गराउने र आम नेपालीहरुको विचमा घनिष्ठता र सहकार्यताको पुलको निर्माण गर्ने उध्येश्यकासाथ सबैजनालाई सम्मानका साथ यो नयाँ वर्ष धुमधाम मनाईयो ।
सोसाईटीका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान र संस्कृतिको विकास गर्ने एंव तामाङ समुदायको मौलिकता झल्काउने र नेपाली समुदायमा सामाजिक सदभाव क़ायम गर्ने लक्ष्यकासाथ लसएन्जल्समा नै पहिलो पटक यो पर्व मनाउन गईरहेको हुँदा सबैजनाको सकारात्मक सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। यस संस्थाले सदैव साझा,निष्पक्ष , एकता र सहकार्यका साथ हातेमालो गर्दै अगाडी बढ्ने र नेपाली समुदायमा विभाजन गराउनको लागि हैन प्रवासी नेपालीहरुको एक आपसमा माया समझदारीको विकास गर्ने ढंगले नेपालीको पर्वको रुपमा यसलाई विकास गराउने यस संस्थाको लक्ष्य रहेको छ ।
यस ल्होछारको अवसरमा लसएन्जल्स नेपाली समुदायबाट गणेश तीर्थ फ़ाउन्डेशनका संस्थापक अध्यक्ष एंव महिला सामाजिक अभियान्त उमा कार्की थापा, एन आर एन आई सि सि सदस्य दिल बहादुर श्रेष्ठ , पशुपति फ़ाउन्डेशनका अध्यक्ष भक्त थापा र पर्यटन दुत रामेश्वर भण्डारीले आफ्नो शुभकामना मन्तव्य दिनुभएको थियो ।
तामाङ कोओपरेशन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष भोजकुमार दोङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको अध्यक्ष एंव कार्यक्रमका विशेष अतिथि लुईसाङ वाईबाले प्रवासी नेपालीहरुको विचमा एकताको सन्देश बोकेर अगाडी बढ्ने र राष्ट्रीय स्तरमा जातिय विखण्डन जस्ता सवालहरुके बहस चलिरहेको अवस्थामा जनजातिका सवालहरु पनि एकअर्का विच समझदारीका साथ हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो भन्ने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि ,उतर अमेरिका तामाङ सम्मेलनका कन्भेनर शान्त थोकरले भने अमेरिका भरि छरिएर रहेका तामाङहरुलाई एउटै मालामा बाँध्नेर आफ्नो भाषा, पर्व , धर्म परम्परा,रितिरिवाजको संरक्षण एंव सम्बर्दन गर्ने उध्येश्यले तामाङ सोसाईटी अफ अमेरिका एउटा छाता संगठनको रुपमा विकास भएको बताउनुभयो र समुदायका नेपाल (फिस्टे), अन्य कलाकारहरु डोमा ह्योल्मो , नलिना चित्रकार र दोहोरी गायिका शिला आले मगरको साथमा लसएन्जल्सबासी सबै नेपालीहरुलाई भव्य मनोरन्जन गराएक थिए । र समग्रमा कार्यक्रम भव्य भएको सबैले महसूस गरेका छन् ।




