काठमाडौं- प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले लिखित रुपमा विरोध जनाउने भएको छ।
सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि खनाल-नेपाल पक्षलाई ओली पक्षद्वारा गरिएको व्यवहारलाई लिएर विरोध जनाउने निर्णय बिहीबारको स्थायी कमिटीको भेलाले गरेको हो। खनाल-नेपाल पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार ओली पक्षले पार्टी कार्यालय कब्जा गर्ने, आफ्नो पक्षका नेता/कार्यकर्तालाई अपमानित गर्नेलगायत काम गरेकाले त्यसको लिखित भत्सर्ना गर्न लागिएको हो।