२०८१ वैशाख २१ गते | 3rd of May 2024

महेन्द्र बस्नेत, एनआरएनए आईसिसी सदस्य पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २७ गते १५:४४

आयोवा – आयोवा निवासी महेन्द्र बस्नेतले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनसंगै यहाँबाट आईसिसीमा निर्वाचित हुने सदस्य पदका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । झापामा जन्मेर बिराटनगरमा हुर्केर काठमाडौंको भोगाईसंगै अमेरिका हुईंकिएका बस्नेत ‘समुदायमा सद्भाव र सहयोग बांडौं, जन्मभुमिको लागि एनआरएनएमा जुटौं’ भन्ने नारा लिएर बस्नेत एनआरएनए अमेरिकाको प्रतिनिधित्व गर्दै आईसिसी सदस्य पदको निर्वाचनको लागि होमिएका छन ।

क्यालिफोर्नियाको लस एन्जलसबाट उच्च अध्ययन समापन गरेका बस्नेत नेपालमा सामाजिक सकृयतामा निरन्तर लागिपरेका ब्यक्ती हुन । राजनैतीक सकृयताको अनुभवले सामाजिक उत्थानमा उर्जा मिल्ने बताउने बस्नेत बिगत लामो समयदेखी अमेरिकामा रहेर सफल ब्यवसायीको रुपमा दर्ज छन । परदेशमा पसिनाको बलले ब्यवसायिक सफलता हात परेका बस्नेत सन २००२ देखी आईवामा आफ्नो सफल जीवनको बाटोमा यात्राारत छन ।

२०११ QCNS भन्ने नेपाली संस्थाको संस्थापक रहेका बस्नेत लामो समयदेखी एनआरएनए अभियानमा संलग्न रहेको खुल्लामन्चलाई वताए । २०१७ मा एनआरएनए आयोवा च्याप्टरको अध्यक्ष रहेका बस्नेत ७ बर्षको लस एन्जलस बसाई २० बर्षको आईवाको भोगाईले धेरै मित्र कमाउने सामाजिक कार्यकर्ता हुन । सबवे फ्रेन्चाईज ब्यापारबाट ब्यवसायमा हात हालेका बस्नेत अहिले होटल, हाउजिङ्ग लगायत साना ठुला ब्यापार बिस्तारसंगै एनआरएनको अभियानमा अबको समय खर्चिने बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *