२०८१ वैशाख २१ गते | 3rd of May 2024

एनआरएनए अमेरिका महिला संयोजक दिक्षा बस्नेत, महिला उपाध्यक्ष पदकी उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २७ गते १६:४६

सानफ्रान्सिस्को – एनआरएनए अमेरिकाकी महिला संयोजक दिक्षा बस्नेतले एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएकी छन । लामो समयदेखी सानफ्रान्सिस्कोलाई कर्मक्षेत्र बनाएकी बस्नेत प्रवासमा महिला आवाज बुलन्द गर्ने एउटा सशक्त पात्रको रुपमा चिनिन्छिन । सबल र सक्षम महिलाको सहभागीतामा बलियो एनआरएनए निर्माणको लागि आफुले आगामी निर्वाचनका लागि महिला उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको बस्नेतले खुल्लामन्चलाई बताईन ।

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरमा रहेर ४ बर्षा काम गरेकी बस्नेत सामाजिक कार्यक्रमहरुमा आफ्नो दरिलो उपस्थिती राख्दै आएकी छन । भारी मतले एनआरएनए अमेरिकाको बर्तमान कार्यसमितिमा महिला संयोजक पदमा निर्वाचित बस्नेत बर्तमान कार्यसमितिमा ‘काम गर्ने’ अभियान्ताको रुपमा परिचित छिन् ।

पत्रकारितामार्फत पनि एनआरएनए अमेरिकामा यो दुई बर्ष महिला आवाज र सामाजिक उत्थानका लागि लागिपरेकी पत्रकार समेत रहेकी बस्नेत घरदेश छाडेर भोगिने परदेशमा महिलाहरुको समस्या र आवाजलाई समेट्न आगामी निर्वाचनका लागि एनआरएनए अमेरिकाजस्तो सबैभन्दा ठुलो एनसिसीमार्फत काम गर्न आफु अगाडी सरेको खुल्लामन्चलाई बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *