२०८१ वैशाख २२ गते | 4th of May 2024

संस्थाभित्रको बिष निकालेर अमृत राख्न काम गर्नेछु – अमृत कट्टेल, आईसिसी सदस्य पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २७ गते १७:२७

टेक्सास – सारा चिज थांती राखेर एनआरएनए अमेरिकाका अभियान्ताहरु अहिले निर्वाचनमा होमिएका छन । सबैभन्दा ठुलो एनसीसी बनेको एनआरएनए अमेरिकाको निर्वाचनको मितीको ठेगाना नभएपनि आगामी कार्यकालको लागि निर्वाचनमा लागिपर्ने हानथाप शुरु भएको छ । यसैबिच डालसका चर्चित युवा अमृत कट्टेल एनआरएनए अमेरिकाको आगामी निर्वाचनले निर्वाचित गर्ने आईसिसी सदस्य पदका लागि उम्मेद्वार हुने बताएका छन ।

पत्रकारिता समेत अंगालेका तथा युवाहरुबिच अत्यन्तै लोकप्रिय कट्टेल एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिमा पपुलर मत प्राप्त गरेर निर्वाचित सचिव हुन । कामै छोडेर साथीभाईका सहयोगका लागि कुद्ने कट्टेल युवावस्थामै सबैभन्दा धेरै नेपालीहरु बसोबास गर्ने टेक्सास राज्यको डालासका स्थापित ब्यवसायी हुन । ग्यांस स्टेशन, होटेल तथा टेक्सास बाहिर पनि आफ्ना ब्यापार विस्तार गरेका कट्टेल एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिमा खरो र स्पष्ट वक्ताका रुपमा परिचित छन ।

गोर्खामा जन्मिएका कट्टेल चितवनका स्थायी बासिन्दा हुन भने नेपाली समुदायमा हुने ‘राजनितीको निर्णायक थलो’ डालासमा रहेका हाईकमान्डका विश्वासपात्र हुन । ‘संस्थाभित्र केही न केही मात्रामा रहने नैराश्यताको बिष निकालेर जांगरको अमृत थप्न आफु आईसिसीको सदस्य पदमा उठेको’
कट्टेलले खुलामन्चलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *