भोला लामिछाने/स्पेन – गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद स्पेनको बार्सिलोना स्थित कार्यालय बन्द हुने स्थितीमा पुगेको छ । संघको आफ्नै बैक खाताबाट कार्यालयको भाडा तिरीदै आएकोमा संघको खातामा आवश्यक रकमको अभावका कारण यस्तो स्थिती आएको हो ।
संघको आजको मितीमा आफ्नै खातामा एक सय बाउन्न यूरो मात्र रहेको एन आर एन ए । संघले १९ , २१ कार्यकालको बार्षिक साधारण सभा सम्पन्न गरिसकेपनी आर्थिक कारोबारका गतिविधिहरू सार्वजनिक गरेको छैन ।
कोभीड १९ का कारण गएको २०२० मार्च १४ तारीख देखी स्पेनमा लक डाउन भए सगै राहतका लागी संघले कती रक़म संकलन गर्यो र कती खर्च गर्यो आजका मितीसम्म सार्वजनिक गरिएको छैन ।
एन आर एन केन्द्र बाट ५ हजार भनिएपनी स्पेन एन सी सी लाई सहयोग स्वरूप आएको रक़म मध्य २ हजार यूरो मात्र आएको देखीएको छ बाकी हिसाब देखीएको छैन ।
संघको १७ , १९ कार्यकालमा बैक खाताबाट ३० हजार १३ यूरो ३५ सेन्ट र नगद ९८ यूरो ४४ सेन्ट गरी जम्मा ३० हजार १ सय ११ यूरो ७९ सेन्ट रकम हस्तान्तरण गरिएको देखीन्छ ।
बार्सिलोनामा धन बहादुर के सी को असहमायीक निधन हुदा संघले आफ्नै आपतकालीन अक्षयकोष बाट दुई हजार एक सय दश यूरो सात सेन्ट ( २,११०.०७) र पाँच सय साठी यूरो एक्काईस सेन्ट ( ५६०.२१ ) गरेर जम्मा हुन आउने छब्बीस सय सत्तरी यूरो अठ्टाईस सेन्ट ( २६७०.२८) खर्च गरिएको बताएको थियो । उक्त रक़म पछी स्पेनबासी नेपालीहरूबाट सहयोग उठाईसकेपछी पनी अक्षयकोषमा जम्मा गरिएको छैन ।

संघका पदाधिकारीहरू सगको कुराकानीमा साधारण सभा मा कतिपय पदाधिकारीहरूले संघको आर्थिक बिषयमा आफ्ना भनाई, तर्क नै राख्न समेत नपाएको गुनासो गरेका छन् साथै उनीहरूले संघको सबै हिसाब सार्वजनिक नगरेसम्म लेबी पनी नतिर्ने बताए ।
एन आर एन ए स्पेनको बार्सिलोनामा रहेको कार्यालयको मासीक भाडा दर ३६४ यूरो ३५ सेन्ट रहेको छ भने मासिक रूपमै बिजुली पानी इन्टरनेट लगायतका थप मसलन्द खर्च पनी आउछन् ।
बिभीन्न कार्यकालमा धेरैले संघको आफ्नै कार्यालय भवन खरीद गरी दिर्घकालीन नेपाल हाउस बनाउने बताए पनी ति चुनाव ताकाका आश्वासन मै सिमीत हुदै आएका छन् ।