२०८१ वैशाख २१ गते | 3rd of May 2024

एनआरएनए अमेरिका निर्वाचन : ॐ कृष्ण कृष्ण बिनोदाय नम :

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २८ गते १५:४५

लस एन्जलस – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको मिती नतोकिएपनि चालाबाजी शुरु भएको छ । उमेद्वारी घोषणा फ्लाईरहरुले सामाजिक सन्जाल रंगिएका छन भने सामाजिक संजालमा कसैले नयाँं फोटो हाल्यो कि परिस्थिती नबुझी ‘शुभकामना’ दिनेहरुका लर्को लाग्ने गरेका छन । अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछाने, बुद्धी सुवेदी र तिलक केसीले आफ्नो उमेद्वारी औपचारिक रुपमा घोषणा गरिसकेका छन भने ‘अमेरिकाज क्षेत्रीय संयोजक पदमा जान मिलाउन खोजिएका’ अर्जुन बन्जाडेको औपचारिक उमेद्वारी घोषणा कार्यक्रम पर्सी आईतवारलाई राखिएको छ ।

अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेर नेपाली कांग्रेस नेता रामचन्द्र पौडेललाई भेट्न पनि नेपाल पुगेका बुद्दी सुवेदी पौडेलको ‘आफ्नो समर्थन कृष्ण लामिछानेलाई रहेको’ जवाफ बोकेर अमेरिका फर्किसकेका छन । त्यसो त काग्रेस नेता पौडेलसंग लामिछानेको सदिऔंदेखी सुमधुर सम्बन्ध रहेको छ । एनआरएनएका हस्तीहरुसंग हेलिकप्टरमा पशुपतिनाथलाई नमस्ते गर्दै लाप्राक पुगेर पून: कर्मभुमी अमेरिका फर्किदै गर्दा र बन्जाडेको घोषणा कार्यक्रमको संघारमा हिजो एउटा फ्लायर सामाजिक संजालमा भाईरल भएको छ । एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा कृष्णजिबी पन्थ र महासचिव पदमा बिनोद भट्टको अध्यक्ष पदका बलिया प्रत्यासी कृष्ण लामिछानेलाई साथ । त्यो फ्लायर जहाँं तिनै जनाले नमस्ते गर्दै ‘साझा एनआरएनए निर्माणको लागि साझा उमेद्वार ।

पारिवारिक नाताले बुद्धी सुवेदीसंग नजिक रहेका वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी कृष्णजिवी पन्थ अफिसियल्ली कृष्ण लामिछानेको समुहमा सामेल भएका छन । ‘पारिवारिक नाता-साता होईन, मेरो बारेमा निर्णय चाहियो’, स्वाभावैले प्रष्टवक्ता पन्थले आफ्ना जेठान सुवेदीलाई ढाडस दिएका थिए । ‘मेरा लागि कयौं मन्च छन’ को प्रष्ट बाटो देखाईदिएका पन्थलाई ‘पशुपतिनाथको दर्शन गरेर नेपालबाट अमेरिका फर्किने १० तारिखसम्म र निर्णयको लागि मार्च ११ तारिख सम्म पर्खन’ आग्रह गरे ।

सुवेदीको नेपाल भ्रमणताक डा. केशब पौडेलका अत्यन्त विश्वासिला पात्र तथा एनआरएनए अमेरिकाका बर्तमान उपाध्यक्ष बिआर लामाले घोषणा गरेका पन्थसंग लड्ने उमेद्वारी खुल्लामन्चले नै प्रकाशित गरेको थियो । डा. पौडेलको दवाबका कारण बिआर लामालाई सुवेदी यसपटकलाई आफ्ना ज्वाँई पन्थलाई चाहेर वा नचाहेर धोका दिंदैथिए । राजनीति जानेका पन्थले चाहेको जस्तै भयो । सुवेदीली लामालाई काखी च्यापे, पन्थ लामिछानेको समुहमा सेकेन्ड म्यान बनेका छन ।

दुई बर्ष अगाडी सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेर उपाध्यक्ष निर्वाचित भएका पन्थ एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा पनि सबैभन्दा चर्चित उमेद्वार हुन । चाकरीको अर्थ नमानी भन्नुपर्दा उनले समाउने समुहले चुनावी परिणामको अर्थ राख्दछ । अमेरिकी नेपाली समुदायमा अत्यन्तै चर्चित पन्थ अन्तत: कृष्ण लामिछानेको समुहको वरिष्ठ उपाध्यक्ष पद समातेर चुनावी मैदानमा उत्रनेछन । आफ्नै गाउंका डा. पौडेलको कर्के नजर र कांग्रेस नेता रामचन्द्र पौडेलको आशिर्वाद पन्थलाई हुनेछ ।

नेपाली जनसम्पर्क समिती अमेरिकाका एक सालीन नेता बिनोद भट्ट कृष्ण लामिछाने समुहका महासचिव पदका प्रत्यासीको रुपमा एनआरएनए अमेरिकाको निर्वाचनमा होमिएका छन । कुनै बेला आनद बिष्ट र बेद खरेलका अत्यन्त पारिवारीक विश्वाशपात्र भट्टको एनआरएनए अमेरिकाको निर्वाचन आगमनले तहस नहस भएको जनसंपर्क समितिको एउटा दर्हो खम्बा लामिछानेलाई साथ दिन आएको छ । एउटा जनसंपर्क समितीका अध्यक्ष बिष्टको समर्थन अर्जुन बन्जाडेलाई रहेको, गौतम दाहाल बन्जाडेको समुहबाट महासचिव लड्न लागेको बजार हल्लाको बिच एक जमानाको बिष्ट, खरेल र भट्ट तीनभाई सम्बन्ध कमसेकम बिष्टसंग टुटेको छ । खरेलका विश्वाशपात्र विश्वराज बास्तोला पनि एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा निर्वाचनमा होमिएसंगै खरेल र भट्टबिचको सम्बन्ध भने जारी रहेको देखिन्छ ।

नेजस अमेरिकाको संगठन बिभाग प्रमुख खरेल नेजसको अधिवेशन भएको भए वा हुंदैछ भने पनि उनी सभापती पदका आकांक्षी हुन । नेजसमा भित्री समर्थन रहेका कार्यकर्ताका प्यारा खरेल राजनीतिलाई घुमाउन सक्ने पात्र हुन । त्यसो त, उनको समर्थन पनि अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछानेलाई रहेको देखिन्छ । महासचिव पदमा सम्भवत: भट्ट सबैभन्दा पाका र अनुभवी उमेद्वार हुनेछन । अरु समुहबाट चर्चामा रहेका नामहरु भट्टको भाईनातावालाहरु नै छन । हुन त राजनीतिमा उमेर र अनुभवले त्यती अर्थ राख्दैन र पनि एउटै जिल्लावासी भट्टको साथले लामिछाने बढी शक्तिशाली बनेको देखिन्छ ।

एनआरएनए अमेरिकाका पुर्व बोर्ड सदस्य कृष्ण लामिछाने अहिलेसम्म शक्तिशाली पात्रहरुको समर्थन प्राप्त गरेका अध्यक्ष पदका प्रत्यासी भएका छन । राजनीतिमा जे पनि हुन सक्छ, तर त्यो ब्यक्तित्वमा भर पर्दछ । सबैभन्दा धेरै भोट ल्याएर एनआरएनए अमेरिकाको निर्वाचन जितेका पन्थले धोका दिन जानेका छैनन भने नेजसका महासचिव पदका तत्कालिन प्रत्यासी, राजनीतिको लामो अनुभवी र सोझा गोर्खाली भट्ट्ले अब लामिछानेको साथ छाड्ने कुनै हालतमा देखिंदैन । संगसंगै सन्तोष पहारी र विश्वराज बास्तोलाजस्ता जल्दाबल्दाहरुले लामिछानेको रथ हांक्न बल दिने देखिएको छ । प्रतिघात त यो समुहमा नदेखिने देखिन्छ ।

बरु लामिछाने, पन्थ र भट्ट एनआरएनए अमेरिकाको बिजयी यज्ञ गर्लान र चरु होम्दै भन्लान, ॐ कृष्ण कृष्ण बिनोदाय नम : !

Leave a Reply

Your email address will not be published. Required fields are marked *