२०८३ वैशाख २८ गते | 11th of May 2026

माओवादी केन्द्रमा नफर्किएका २३ जनालाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य मनोनित

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २८ गते १५:०४

काठमाडौ- प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र ब्युँतिएपछि पनि आफूलाई साथ दिएर माओवादीमा नफर्किएका २३ जनालाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य बनाएका छन्। बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनित गरेको हो।

माओवादी केन्द्रका पूर्वनेता रहेका उद्योग मन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेकाहरूलाई एमालेको पनि स्थायी कमिटी सदस्य बनाइएको बताए। उनले अरूलाई केन्द्रीय सदस्य बनाइएको जानकारी दिए।

 ओली समूहले एमालेमा मनोनयन गरेर माओवादी केन्द्रका पूर्वनेताहरू :

१.रामबहादुर थापा

२.टोपबहादुर रायमाझी

३.लेखराज भट्ट

४. मणिचन्द्र थापा

५. प्रभु साह

६. टंक आङबुहाङ

७.पासाङ शेर्पा

८.ज्वाला शाह

९.टेकबहादुर बलमपाखी

१०.कमल चौंलागाईं

११.मनोज थापा

१२.विषमलाल अधिकारी

१३.लीलालबहादुर थापा

१४.दधिराम न्यौपाने

१५.गिरधरि लाल

१६.झपट बोहोरा

१७. दावा लामा

१८.चन्द्रबहादुर खड्का

१९.डम्बर बिष्ट

२०.गौरीशंकर चौधरी

२१.नवीन रोक्का

२२.धर्मराज रेग्मी

२३.दिनेश पन्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *