२०८१ वैशाख २१ गते | 3rd of May 2024

ओलीले पार्टी फुटाउने दुराशयबाट निर्णय गरेको एमाले नेपाल पक्षको निष्कर्ष

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २८ गते १५:१९

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने दुराशयबाट निर्णय गरेको निष्कर्ष निकालेको छ । ओलीले आफ्नो पक्षका नेताको पद खोसेपछि बसेको स्थायी कमिटी बैठकपछि बोल्दै नेता भीम रावलले गुटगत र स्वेच्छारी ढंगले पार्टीको विधान मिचेर निर्लज्जता प्रस्तुत गरिएको टिप्पणी गरे । पार्टीको विधानविपरीत गरेको निर्णयको विरोध गर्न पार्टी नेता कार्यकर्तालाई आह्वान गर्ने निर्णयसमेत भएको उनले बताए ।

रावलले गृहमन्त्री रामबहादुर थापा बादल लगायतप्रति लक्षित गर्दै पदका लागि ६-७ वटा चाहरेकाहरुलाई पार्टीमा स्वागत गरेर पार्टीका शीर्ष नेताहरुलाई अपमान गरेको बताए । त्यसले कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाएको भन्दै त्यसको निन्दा पनि गर्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *