२०८१ वैशाख २१ गते | 3rd of May 2024

बन्दीपुरमा मिनी ग्रेटवाल

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २८ गते १५:२८

काठमाडौ- बन्दीपुरमा निर्माण भईरहेको मिनी ग्रेटवालको लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । ग्रेटवालको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासी गरिदिएको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अघि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा परी बजेट निकासी भएपछि बन्दीपुरबासीहरुमा खुसी छाएको छ ।

मन्त्रालयले वजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार ग्रेटवालको लागि रु चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लागत साझेदारीमा सम्बन्धित स्थानीय तहले रु दुई करोड ४५ लाख व्यहोर्नुपर्ने गरी मन्त्रालयले सात करोड रुपियाँको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले  जानकारी दिनुभयो । रकम विनियोजन भएपछि निर्माणकार्य अघि बढाउन सहज भएको अध्यक्ष थापा बताउनुहुन्छ ।सो रकम विनियोजन गरेसँगै ग्रेटवाल निर्माणले मूर्त रुप पाउने वातावरणको सृजना भएको गाउँपालिकाले जनाएको छ ।

(गोरखापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *