२०८२ असार ७ गते | 21st of June 2025

कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको छ : कांग्रेस सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २९ गते १२:२३

काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरूद्धमा लड्नुपर्ने बेला भएको बताएका छन्। शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रममा    सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन्।

कम्युनिष्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए। कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *