काठमाडौं – नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर संरचना बनाएको छ । आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसे पछि काउन्टरमा समानान्त रसंरचना खडा गरिएको हो ।
यस्तो छ जिम्मेवारी :
प्रदेश नम्बर-१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर-२ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे छन् । लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको छ । युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई बनाइएको छ । महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ ।