२०८१ वैशाख २१ गते | 3rd of May 2024

आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन माओवादी केन्द्रको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २९ गते १२:४५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।

केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले  एमालेले माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय सदस्य बनाएका नेताहरुले पार्टी परित्याग गरेको हो अथवा होइन २४ घण्टाभित्र लिखित जानकारी गराउन निर्देशन दिने निर्णय गरेको छ । बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थागित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *