सानफ्रान्सिस्को – कलाकार बिन्दु निरौला सापकोटाले एनआरएनए आईसीसी सदस्यमा उमेद्वारी दिने जनाएकी छन । क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को क्षेत्रलाई कर्मक्षेत्र बनाएर लामो समयदेखी स्थानिय संघ-संस्था लगायत एनआरएनएमा सकृय सापकोटा कुशल क्योरियेग्राफर हुन । सापकोटा बालबालिकाहरुको लागि उनी कल्चर सिकाउंछिन् । नेपाली कला र संस्कृतिलाई प्रबर्धन गर्नाका लागि लागिपरेकी सापकोटा ‘महिलाको उपस्थिति, सांस्कृतिक पहिचान : सबल, सक्षम र समावेशी एनआरएन’ भन्ने अभियानका साथ एनआरएनए अमेरिकाको आगामी निर्वाचनले निर्वाचित गर्ने आईसिसी सदस्य पदमा उमेद्वारी दिने खुल्लामन्चलाई बताईन ।
एनआरएनए अमेरिकाको २०१७-२०१९ कार्यकालको बोर्ड सदस्य रहेर काम गरिसकेकी सापकोटा एनआरएनए अमेरिकाका हरेक कार्यक्रमहरुमा नेपाली संस्क्रिती र कलाको प्रबर्धनको सकृय छिन् । कार्यक्रमहरुको उद्घाटनमा सापकोटाको संयोजनमा हुने सांस्कृतिक कार्यक्रम एनआरएनए अमेरिकामा चर्चित छ । एनआरएनए अमेरिकाको २०१७-२०१९ कार्यकालमा कला तथा सांस्कृतिक विभागकी प्रमुख रहेर काम गरेकी सापकोटा सांस्कृतिक तथा समावेशी महिला सहभागीताका लागि आईसिसी सदस्य पदमा निर्वाचन लड्ने खुल्लामन्चलाई बताईन ।

२०२१-२०२३ कार्यकालका लागि सानफ्रान्सिस्कोको पुरानो नेपाली संस्था सन्नी सगरमाथा समाजअकी उपाध्यक्ष, एनडल्ब्युजीएन सदस्य, लायन्स क्लब अफ बर्कर्ली अन्नपूर्णकी पुर्व अध्यक्ष, लायन्स क्षेत्र E, डिस्ट्रिक्ट C3 अध्यक्ष लगायतका संस्थाहरुमा रहेर काम गरेकी सापकोटा आफ्ना सामाजिक अनुभवहरुलाई महिला हितका लागि काम गर्न एनआरएनए आईसिसी सदस्य पदको निर्वाचनमा लागेको बताईन ।