२०८३ असोज २८ गते | 14th of October 2026

ओली-नेपाल बार्तामा, केही दिनमै सहमति हुने सँकेत

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २ गते १३:२४

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा बिघटनको सिफरिस गरेपछि ओली सँग टाढिएका माधव नेपाल समुह आज ओली सँग वार्ता गर्न एमाले मुख्यालय धुमबाराही पुगेका हुन । सर्वोच्चले पुरानै नेकपा एमाले ब्युँताईदिए पछि प्रचण्ड सँग सहकार्य गरि अघि बढेका नेपाल समुह एमाले अध्यक्ष ओलीले पदाधिकारी समेत एकलौटी नियूक्त गरेपछि बार्तामा वस्न बाध्य भएका हुन । बार्तामा फागुन २८ गते गरिएको अबैधानिक निर्णय खारेज गर्ने विषयलाई मुख्य अडान वनाएका थिए ।

बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए। उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए।अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए।गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *