२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेपालमा १५ लाख ५५ हजार ४४१ जनाले कोरोना विरुद्धको खोप लगाए

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २ गते १३:५९

काठमाडौं-  नेपालमा  कोरोना भाइरस विरुद्धको खोप १५ लाख ५५ हजार ४४१ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको डाटा अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने टार्जेट राखेकोमा सो संख्यामा खोप लगाएको बताउनुभयाे । यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ टार्जेट रहेकोमा ११ लाख १६ हजार ५३२ रहेको छ ।
अहिलेसम्म निष्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतजनाले सेवा लिइसकेको छ । नेपालमा पहिलो खेपको खोप लगाएकाका लागि दोश्रो खेपको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । उत्पादनभन्दा माग बढी रहेका कारणले दोश्रो पटक लगाउने खोप आउने प्रक्रियामा रहेको उहाँले स्पष्ट पार्नुभयाे । दुईपटक सम्म दिइने यस खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार खाेप लगाएकाे कार्ड भए विदेशमा जाँदा सजिलाे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *