२०८१ वैशाख २२ गते | 4th of May 2024

ब्राजिलमा कोरोनाका कारण २ लाख ७८ हजार २२९ जनाको ज्यान गयो

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २ गते १४:३१

साओ पाओलो- ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या एक करोड १४ लाख नाघेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरु का अनुसार कोभिडका कारण सङ्क्रमित हुनेको संख्या एक करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ । यसका साथै पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । अहिलेसम्म संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २ लाख ७८ हजार २२९ जनाको ज्यान गएको छ ।

आइतबार पछिल्लो २४ घन्टायता मात्र ४३ हजार जनाभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । त्यसैगरी गएको २४ घन्टामा मात्र यो सङ्क्रमणबाट एक हजार १२७ जनाको ज्यान गएको छ । यसरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *