२०८१ जेठ ९ गते | 22nd of May 2024

श्रीपशुपतिनाथ फाउन्डेशनको नव निर्वाचित समितिद्दारा पदभार ग्रहण

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २ गते १५:१२

लस एन्जलस – श्रीपशुपतिनाथ फाउन्डेशन, लस एन्जलसको नव-निर्वाचित कार्यसमितिले आगामी कार्यकालको लागि पदीय शपथ तथा पदभार ग्रहण गरेको छ । कोभिड १९ को सन्त्रास कायमै रहेको बेलामा स्थानिय नर्वाक स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरको प्रांगडमा सामाजिक दुरी कायम गरेर नव निर्वाचित समितिले आफ्नो जिम्मेवारी ग्रहण गरेको छ ।May be an image of outdoors

बिगतमा निवर्तमान अध्यक्षले नवनिर्वाचित समितिलाई शपथ गराउने प्रचलनलाई छाडेर यस पटकदेखी निर्वाचन समितिका प्रमुखले शपथ खुवाउने प्रचलनको थालनी गरिएको छ । जस अनुरुप नव निर्वाचित कार्यसमितिका लागि गठन भएको निर्वाचन समितिका प्रमुख राजेन्द्र सिवाकोटीले नव निर्वाचित समितिलाई शपथ गराएका थिए ।

नव निर्वाचित कार्यसमिती :

कार्यक्रममा महावाणिज्यदुत ॠषी ढकाल, फाउन्डेशनका संस्थापक अध्यक्ष भक्त थापा, निवर्तमान अध्यक्ष गोकुल पौड्याल, मन्दिरका अभिभावक वेदभक्त जोशी, निर्वाचन समितीका सदस्य मदन पाठक, अनेसास लस एन्जलसका अध्यक्ष तिलक कार्की, सामाजिक अभियान्ता बलराम थापा, चक्र मिश्र लगायत स्थानियहरुको उपस्थिती थियो ।https://www.facebook.com/1458270968/videos/10218960275785380/

पहिलोपटक मन्दिरको कार्यसमितिको चयन निर्वाचन मार्फत भएको थियो । लस एन्जलसका पुराना अनुभवी सामाजिक नेता मुकुन्द ढुंगानाको अध्यक्षतामा करिब महिना दिन अगाडी निर्वाचित कार्यसमितिले शुभरात्रीको शुभसाईत पारेर आफ्नो कार्यभार ग्रहन गर्ने पुर्व कार्यक्रम थियो ।

May be an image of 1 person, standing and outdoors

फोटो/भिडियो : एकदेव शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *