२०८१ वैशाख २६ गते | 8th of May 2024

घनप्रसाद दवाडी, क्यालिफोर्निया राज्यका लागि पर्यटनदुत नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २ गते १५:५५

सानफ्रान्सिस्को – नेपाल सरकारले घनप्रसाद दवाडीलाई क्यालिफोर्निया राज्यका लागि पर्यटनदुत नियुक्त गरेको छ । बिगत लामो समयदेखी सान्फ्रान्सिको शहरमा बसोवास गर्ने दवाडी यसाघी पनि सो क्षेत्रका लागि पर्यटनदुत रहेका थिए । तर दवाडीलाई अहिले नेपाल सरकारले पुरै क्यालिफोर्निया राज्यका लागि पर्यटनदुतको कार्यभार प्रदान गराएको छ ।

सानफ्रान्सिस्कोस्थित पुरानो संस्था न्यान्सका अध्यक्ष रहेर स्थानियस्तरमा सामुदायिक केन्द्र निर्माणका लागि आयोजना गरिएको महापुराणका संयोजक रहेर काम गरेका दवाडी २०५० सालदेखी ठमेलबाट नै ट्राभल र ट्रेड ब्यापारमा संलग्न छन । एनआरएनए अमेरिकाका पुर्व सल्लाहकार समेत रहेका सानफ्रान्सिस्कोका पुराना अभियान्ता दवाडी नेपाली सामुदायिक केन्द्र स्थापनार्थ दिलोज्यान दिएर काम गर्ने सेवकका रुपमा चिनिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *