२०८१ वैशाख २२ गते | 4th of May 2024

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी बैशाखदेखि उत्पादन शुरु गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ३ गते १४:०७

काठमाडौं – बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी बैशाखदेखि उत्पादन सुरु गर्ने भएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले आगामी बैशाखमा पहिलो यूनिट संचालनमा ल्याइने बताए । “हाइड्रो मेकालिकसँग सम्बन्धित काम मात्रै बाँकी रहेको छ । त्यो पनि छिट्टै पुरा हुन्छ र आगामी बैशाखमा विद्युत उत्पादन सुरु गर्छौँ,” उनले भने ।

आयोजनाले गत फागुन ४ गते बाइफरकेशन र डिष्ट्रिब्यूसन पाइपको सफल परीक्षण गरिएको उनले बताए । “बैशाखमा पहिलो यूनिटबाट ७६ मेगावाट विद्युत उत्पादन सुरु हुन्छ । आगामी असरसम्म सबै यूनिटबाट विद्युत उत्पादन हुन्छ” उनले दाबी गरे । आयोजनामा ६ वटा यूनिट छन् । एउटा यूनिट संचालनमा आएपछि अर्को यूनिट संचालनमा ल्याउन करिब एक महिना लाग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *