२०८३ असोज २८ गते | 14th of October 2026

एमालेको खनाल- नेपाल पक्षको भेलाले आगामी ३ महिनाको कार्यभार बनाउने

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ४ गते १४:१८

काठमाडौ-  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ। ललितपुरमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको  भेलामा सहभागी एक नेताले जानकारी दिए ।

मंगलबार सुरू भेलामा  पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल भएको  छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने ति नेताले जानकारी दिए।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरू कार्यकर्ता भेला गरि उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा भेला पुगेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *