२०८१ वैशाख २३ गते | 5th of May 2024

कोषराज थपलिया, एनआरएनए अमेरिका सह-कोषाध्यक्ष पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ४ गते १९:१५

लस एन्जलस – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि सह-कोषाध्यक्ष पदमा कोषराज थपालियाले आफ्नो उमेद्वारी घोषणा गरेका छन । सरल र मिजासिला स्वाभावका थपलिया बिगत लामो समयदेखी लस एन्जलसमा बसेर स्थानिय संघ-संस्थाहरुमा सकृय छन । नामैले ‘कोष’ थपालिया एनआरएनए अमेरिकाको कोष संचालनमा पारदर्शिताको नारा लिएर सह-कोषाध्यक्ष पदमा निर्वाचन लड्ने खुल्लामन्चलाई बताए ।

लेखा बिषयमा स्नाकोत्तर थपलिया लस एन्जलसमा हस्तकला र सौन्दर्य ब्यवसाय मार्फत आफुलाई स्थापित गराउन सफल भएका छन । कम बोल्ने र काम गर्ने स्वाभावका उनी अमेरिकी नेपाली समुदायमा रहेका सदस्यहरुको जनगणना वा तथ्यांक संकलन, एनआरएनए अमेरिकाको नि:शुल्क सदस्यता वितरण, सामाजिक संस्थाको आर्थिक पारदर्शिता र एनआरएनए अमेरिकाको संगठन विस्तारक लागि डटेर काम गर्ने अठोटले नेपालीहरुको छाता संगठन एनआरएनएको अभियानमा निर्वाचन मार्फत सहभागी हुन लागेको बताउंछन ।

अमेरिकी नेपाली समुदायको गौरव श्रीपशुपती बुद्द मन्दिरको नव-निर्वाचित कार्यसमितिमा पनि सह-कोषाध्यक्ष पदमा निर्वाचित थपालिया बिगत पांच बर्षदेखी लेखा क्षेत्रमा कार्यरत छन । सन २००३ देखी लस एन्जलसलाई कर्मभुमी बनाएका थपालिया ‘नुवाकोटवासीको रोजाई शहर – लस एन्जलस’मा बलियो पकड राख्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *