२०८१ माघ ११ गते | 24th of January 2025

हेल्लो क्यालिफोर्निया, उई आर कमिङ्

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ५ गते १५:४६

लस एन्जलस – एनआरएनए अमेरिकाको निर्वाचन नजिकिंदै गर्दा बिभिन्न पदमा आकांक्षी प्रत्यासीहरु अब अमेरिकाका बिभिन्न राज्यहरुमा आफ्ना प्रचार तथा भेटघाटका लागि निस्कन थालेका छन । नेपाल सरकारद्दारा मान्यता प्राप्त प्रवासी नेपालीहरुको सबैभन्दा ठुलो छाता संगठन र सबैभन्दा ठुलो एनसिसी अमेरिकाको निर्वाचनको रौनकता बढ्दै गर्दा प्रमुख पदमा प्रतिस्पर्धा गर्ने प्रत्यासीहरु लगायत समय निकाल्न सक्ने अरु प्रत्याशीहरु पनि अमेरिकाका बिभिन्न राज्यहरुका भ्रमणका लागि निस्कने गर्दछन ।

एनआरएनए अमेरिकाको निर्वाचनका लागि अध्यक्ष पदका बलिया पत्यासी कृष्ण लामिछाने शुक्रवार लस एन्जलस आउंदैछन । आफ्नो बलियो समुहको साथमा चुनावी तयारी भ्रमण लस एन्जलसबाट शुरु गर्दै गरेका लामिछाने शुक्रबार र शनिवार लस एन्जलसमा भेटघाट कार्यक्रम शुरु गरेर सानफ्रान्सिस्को लाग्ने जनाएका छन ।

अध्यक्षका कुन प्रत्यासीलाई साथ देलान भन्ने आंकलनका विच कृष्ण लामिछानेको समुहसंग एनआरएनएको रथ यात्रा गर्न ‘ह्यान्डल’ थामेका एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका सम्भावित विजेता कृष्णजिबी पन्थ पनि लामिछानेको साथमा लस एन्जलस आउंदैछन ।

लामिछानेको समुहमा महासचिव पदका बलिया प्रत्यासी नेजस अमेरिकाका नेता बिनोद भट्ट पनि आफ्नो पुरानो बसाई लस एन्जलस आउंदैछन । एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी लामिछाने र महासचिव पदका प्रत्यासी दुई गोरखाली दाजुभाई तथा आगामी यात्राका सारथीका साथमा उपाध्यक्ष पदका प्रत्यासी जोशीला युवा बिकास उप्रेती पनि यो यात्रामा सहभागी हुंदैछन ।

वरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी रविन बज्राचार्य ‘पासा’ हिजोदेखी लस एन्जलसमै छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *