२०८१ साउन १२ गते | 27th of July 2024

गुटगत भेला नगर्न र पार्टीबाहेक अरू कसैको निर्देशन नमान्‍न केपी ओली नेतृत्वको नेकपा एमाले संसदीय दलका सांसदहरुलाई निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ५ गते १५:४२

काठमाडौं – केपी ओली नेतृत्वको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरू कसैको निर्देशन नमान्‍न सांसदलाई निर्देशन दिएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार बसेको बैठकले पार्टीबाहेक अरूले बोलाउने भेलामा नजानसमेत सांसदहरूलाई निर्देशन दिइएको छ।

बैठकमा गुट भेलामा जानेलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा नियमित सहभागी हुन आह्वान गरिएको भन्दै दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिइएको छ। संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि  तटस्थ रहँदै  आएका पण्डित बिहिबारको बैठकमा उपस्थित भएका हुन्। बरिष्ठ नेता माधवकुमार नेपाल निकट उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा गएका हुन्। यसअघिनै ओली समूहले पण्डितलाई प्रदेश १ को सह-इन्चार्ज बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *