२०८१ वैशाख २२ गते | 4th of May 2024

फ्रान्स र जर्मनीमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु, फ्रान्समा संक्रमण फैलिएसँगै एक महिने लकडाउन

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ६ गते १३:३३

पेरिस- फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकसमक्ष आग्रह गरेको थियो । रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए । युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरियाले खोप अभियान शुरु गर्ने बताएका छन् ।

फ्रान्समा कोभिड–१९ को संक्रमण फैलिएसँगै शनिबार रातिदेखि एक महिने सीमित लकडाउन शुरु भएको छ । फ्रान्समा चार महिनायता एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका थिए । पेरिसमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुनेछन् । यद्यपि विद्यालयहरु भने खुला गरिने र घरबाट १० किलोमिटरसम्म मात्र यात्रा गर्न स्थानीयवासीलाई अनुमति दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *