२०८१ वैशाख २३ गते | 5th of May 2024

एनआरएनए अमेरिकाका निर्वाचन आयुक्त, राजिनामा देऊ : अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ७ गते १०:२९

लस एन्जलस – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार कृष्ण लानिछानेले एनआरएनए अमेरिकाका निर्वाचनआयुक्तले राजिनामा दिनुपर्ने बताएका छन् आफ्नो निर्वाचन प्रचार भ्रमणको श्रीगणेश क्यालिफोर्निया राज्यको लस एन्जलस शहरबाटगरेका लामिछानेले स्थानिय नेम्किन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा लामिछानेले ती आयुक्तको राजिनामा माग गरेका हुन्

एनआरएनए अमेरिकाका बहुतै जिम्मेवार पात्रहरु, वर्तमान निर्वाचन आयुक्त पन्डित थरका पात्र नर्थ क्यारोलिनाको होटलमा रात्रीभोजगरेको बिषय प्रथमपटक खुल्लामन्चले प्रकाशित गरेको बिषयलाई उदृत गर्दै लामिछानेले ती आयुक्तको राजिनामा माग गरेका हुन्

सपना बुनेर बिदेशिएका प्रवासी नेपाली समुदायको हितका लागि काम गर्ने कसम एजेन्डा पसारेकाहरुको कोठरी प्रवृतिले झांकेकोएनआरएनए अमेरिकाको संस्थागत सुधारको लागि आफुले काम गर्ने बताउंदै लानिछानेले आफुले निर्वाचन जिते कोठरीमा होईनएनआरएनए अमेरिकालाई श्रमजिवीहरुको गोठरी (कर्तव्य)मा पुर्याउने प्रतिवद्धता जाहेर गरे

लस एन्जससमा आज आयोजित कार्यक्रममा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्षका उमेद्वार कृष्णजिवी पन्थले आपसी द्वन्द, खुराफात तिरस्कार त्यागे मात्र एनआरएनए अमेरीका अगाडी बढ्ने बताए । 

‘चुनाव जिते संस्था, हारे अदालतको ढोका’ जाने प्रवृतिको अन्त गर्न आफैंभित्र आत्मसम्मानको बिकास गर्नुपर्ने बताउंदै पन्थले कामका लागि एक हुनुपर्ने हामी चुनावी प्रकृयामा एनआरएनएकै आवाजमा बिभाजित हुनु दुखद पक्ष रहेको बताउंदै सामुदायिक एकताकोलागि आफु लागिपर्ने बताए

वरिष्ठ उपाध्यक्ष पदका अर्का उमेदवार रविन बज्राचार्यले भने ‘ जो हारेर जित्छ, त्यो हो रबिन पासा ।’ एनआरएनए बिधान समितिका को-चेयक बज्राचार्यले आफु जित्नका लागि उठेको त हो तर हारेर पनि समुदायको पछाडि आफु नहट्ने बताए ।

चुनावी प्रचारको क्रममा उमेद्वारहरुको लस एन्जलस भ्रमणको स्वागतस्वरुप आयोजना गरिएको एक कार्यक्रममा उपाध्यक्ष पदका उमेदवार बिकास उप्रेतीले युवाहरुको समावेशिताका लागि युवाहरु नै जुट्नुपर्ने बताए । ‘गुट र फुटको एनआरएनए होईन, जुटको एनआरएनए आजको आवश्यकता’ रहेको उप्रेतीले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *