२०८२ साउन ४ गते | 19th of July 2025

एआइजीका लागि बढुवाको सूचीमा जयबहादुर २ नम्बरमा, नवराज सिलवाल भने परेनन

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ३१ गते ११:२०

 

काठमाडौं ३१ असार । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदका लागि ११ जनाको नाम बढुवाको सुचीमा परेको छ । जसका लागि नेपाल प्रहरीले ११ जनाको नाम सिफारिस समेत गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले १ नायव महानिरीक्षक (डीआइजी) लाई एआइजी पदमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी प्रमुख प्रकाश अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ११ जना एआइजी रहने निर्णय गरेको थियो। प्रहरी प्रमुखको दाबी गर्दै सर्वोच्च पुगेका डीआइजी नवराज सिलवाल भने एआइजी सिफरिसमा परेका छैनन्। सर्वोच्च अदालतमा उनले आफूलाई प्रहरी प्रमुख नबनाएर अन्याय गरिएको भन्दै दायर गरेको मुद्दा विचाराधीन छ। सूचीमा डीआइजी बमबहादुर भण्डारी एक नम्बरमा छन् भने जयबहादुर चन्द दुई नम्बरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *