२०८२ फागुन २९ गते | 13th of March 2026

अविश्वासको प्रस्ताव तत्काल नल्याउने : काँग्रेस सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १० गते १४:३७
काठमाडौं – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसले अविश्वासको  प्रस्ताव तत्काल नल्याउने वताउनुभएको छ ।   मङ्गलवार सुनसरीको धरानमा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभयो । देउवाले काँग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै प्रतिपक्षकै भूमिकामा रहने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “कांग्रेस नेतृत्वको सरकार बनाउन हामी मरिमेटेका छैनौँ, अहिले सरकारमा जाने मुडामा समेत नभएको अवस्था छ” ।  देउवाले थप्नुभयो हामी विपक्षी पार्टी हौँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ अहिले जनमत पनि काँग्रेसलाई सरकारमा जानका लागि दिएको अवस्था छैन ।उहाँले पार्टी सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको समेत बताउनुभयो । अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *